global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौँ । आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न भएको छ। यही जेठ ३० र ३१ गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको महासङ्घ नेपाल नेपालका अध्यक्ष किरण श्रेष्ठले बताए।

उनका अनुसार सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणापत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित थियो। सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातिसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिको अधिकार, क्षेत्रीय तथा विकासात्मक चुनौती, आत्मनिर्णयको अधिकार र आदिवासी आन्दोलनमा युवाको भूमिकाबारे विचार व्यक्त गरेका थिए।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु