global ime bank Long Banner Ad

गृहपृष्ठ लागुऔषधसहित ३१ जना पक्राउ

लागुऔषधसहित ३१ जना पक्राउ

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच÷पाँच, झापा र ललितपुरबाट चार/चार, सिरहा र काठमाडौँबाट तीन/तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक÷एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु