गृहपृष्ठ शौचालय गएकी किशोरी बलात्कृत
शौचालय गएकी किशोरी बलात्कृत
१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका- ३, मंगलपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । २८ वर्षीय कलाम राइनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो ।
सोमबार राति १० बजे शौचालय निस्किएकी उनलाई डर, त्रास देखाएर नजिकैकोे खुला चौरमा लगेर बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । खोजी गर्न निस्किएका स्थानीयवासीले पीडित युवतीलाई घर पुर्याउन आउँदै गरेका राइनलाई राति २ बजे नियन्त्रणमा लिएका थिए । आरोपित युवकलाई स्थानीयहरुले मंगलबार बिहान इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाएका हुन् ।
पीडित युवती र आरोपित दुवैलाई प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर पप्पु नायकले जानकारी दिए ।
प्रकाशित समय : १९:४० बजे



















