global ime bank Long Banner Ad

गृहपृष्ठ कमलादीबाट बरामद १५ केजी पहेंलो धातुमध्ये आधा केजी मात्रै सुन

कमलादीबाट बरामद १५ केजी पहेंलो धातुमध्ये आधा केजी मात्रै सुन

कमलादीबाट बरामद १५ केजी पहेंलो धातुमध्ये आधा केजी मात्रै सुन

प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ केजी पहेँलो धातुमध्ये अधिकांश पित्तल भएको पाइएको छ । बरामद १५ केजी धातुमा परीक्षणपछि आधा केजी मात्रै सुन पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले बरामद गरेको उक्त धातुमध्ये १ केजी लेखिएको ८, २५० ग्राम लेखिएको २६ र ५०० ग्राम लेखिएको एक थान रहेको एसएसपी ज्ञवालीले बताए । प्रहरीले सुनसँगै दुई थान पेस्तोल र म्यागजिन पनि बरामद गरेको छ ।

मंगलबार बिहान कमलादीस्थित कृष्ण पाउरोटीनजिकै चेकजाँचका क्रममा बा. ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी झोला फ्याँकेर भागेको थियो । गाडी र त्यसमा सवार व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु