गृहपृष्ठ बझाङमा कोरोनाबाट १ वृद्धको मृत्यु
बझाङमा कोरोनाबाट १ वृद्धको मृत्यु
बझाङको बुङगल नगरपालिकामा कोरोनाभाइरस संक्रमणका कारण एक वृद्धको निधन भएको छ । केही दिनअघि मृत्यु भएका बुङगल नगरपालिका- ३ का ६५ वर्षीय वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएकको हो ।
असारको अन्तिमतिर भारतबाट घर फर्केका उनी १४ दिन क्वारेन्टिनमा बसेका थिए । स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि साउन ६ गते उनलाई घर पठाइएको थियो । घर फर्केको तीन दिनपछि अकस्मात स्वास्थ्य समस्या आएर उनको मृत्यु भएको थियो ।
मृत्यु पछि स्वाव संकलन गरी पीसीआरका लागि पठाइएको थियो । सोमबार आएको पीसीआर रिपोर्टबाट मृतकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।
प्रकाशित समय : २०:२६ बजे



















