गृहपृष्ठ स्मार्ट आर्कले भित्र्यायो मोवाइलबाटै सञ्चालन गर्न मिल्ने टचलेस स्यानिटाइजर डिस्पेन्सर
स्मार्ट आर्कले भित्र्यायो मोवाइलबाटै सञ्चालन गर्न मिल्ने टचलेस स्यानिटाइजर डिस्पेन्सर
विश्वभर कोरोनाभाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसिमका तरिका र उपकरणहरुको खोजीमा रहेका छन् । यसमध्ये एक हो हातलाई सफा र सुरक्षित गर्ने ह्याण्ड स्यानिटाइजर । यही विषयलाई ध्यानमा राखेर स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको छ ।
बजारमा मानिसले नछोईकन नै ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको हो । कम्पनीले ल्याएकाे ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजरले कुनै पनि मानिसको हातलाई नछोईकन नै स्वचालित रुपमा स्यानिटाइज गर्दछ । कम्पनीले भारतमा निर्मित ओकमिस्ट ब्राण्डको ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा ल्याएको हो ।यो टचलेस स्यानिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन(डीआरडीओ)सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो ।
कोरोनाभाइरसबाट सुरक्षा गर्न र अधिक भिडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात स्यानिटाइज गर्न रिओटले डीआरडीओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको हो । यो टचलेस स्यानिटाइजर डिस्पेन्सर सुरक्षित रहेको र यसमा भएको अल्ट्रासोनिक सेन्सरको आधारमा सञ्चालन हुने स्मार्ट आर्कले जनाएको छ । स्मार्ट आर्कका अनुसार यसले केवल १२ सेकेण्डमा स्वचालित रुपमा अल्कोहलमा आधारित ५ देखि ६ मिलिलिटरको स्यानिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्दछ ।
हामी दैनिक नियमितरुपमा आँखा, नाक र मुखमा हातले छुने गर्दछौं । अनुसन्धानकाअनुसार मानिसहरुले दैनिक २३ देखि ५० पटक आफ्नो अनुहारको विभिन्न स्थानमा छुने गर्दछन । यसले मानिसहरुमा कोरोनाभारस सार्न सक्दछ । तर ओकमिस्टको यो टचलेस स्यानिटाइजर डिस्पेन्सरले त्यस्तो जोखिमबाट मुक्त गर्न सक्दछ ।
स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले अधिक भिडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिक रुपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताए । ‘देशमा बढिरहेको कोरोनाभाइरसको संक्रमण र लकडाउन खुलेपछि सुरु भएको भिडभाडले जोखिम बढाएको छ । यस्तोमा नियमित रुपमा हातलाई स्यानिटाइज गर्न आवश्यक हुन्छ । ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सरले यसलाई सजिलो बनाउँछ,’ उनले भने ।

ओकमिस्ट प्लस टचलेस स्यानिटाइजर डिस्पेन्सरमा ५ लिटरको स्यानिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिईएको छ । यसलाई डीआरडीओले प्रमाणित गरेको छ भने यसलाई कार्यालयहरुमा वा घरमा प्रयोग गर्न निकै सजिलो र सहज रहेकोछ । अझ यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिने सुविधा रहेको छ । जसको माध्यमबाट कति सेकेण्डसम्म स्प्रे गर्ने भन्ने समय निर्धारण गर्न सकिन्छ ।
कम्पनीले आगामी दिनमा १.२ लिटरको ओकमिस्ट मिनी ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर समेत ल्याउने तयारी गरेको छ । हाल ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर नेपाल बंगलादेश बैंक, सशस्त्र प्रहरीको मुख्यालय, एनसेल प्रालि, बतास अर्गनाईजेसन, आनन्द होटल, कतार राजदूतावासलगायत ३० भन्दा बढी कार्यालयहरुमा जडान गरि प्रयोगमा आइसकेको छ ।
प्रकाशित समय : २०:४६ बजे



















