गृहपृष्ठ कमलादीबाट १५ केजी सुन र दुई थान पेस्तोल बरामद
कमलादीबाट १५ केजी सुन र दुई थान पेस्तोल बरामद
काठमाडौँको कमलादीबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । १० केजीभन्दा धेरै सुनको झोला फालेर तस्करहरु फरार भएको प्रहरीले जनाएको छ ।
कमलादी चेकप्वाइन्टमा प्रहरीले चेकजाँच गर्न खोजेपछि तस्करहरु झोला फालेर भागेको बताइएको छ । उक्त झोलाबाट दुई थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त सुन नक्कली हो वा सक्कली भन्ने बारे जाँच भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १८:२३ बजे



















