global ime bank Long Banner Ad

गृहपृष्ठ रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी

रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी

रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी

रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर डानले एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका लागि मनोनीत गर्नुभएको छ । अघिल्लो उम्मेदवारले संसद्मा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाएको हो ।

५३ वर्षीय भेस्टिया मध्य रोमानियाको ब्रासोभ काउन्टीका अनुभवी राजनीतिज्ञ तथा नेसनल लिबरल पार्टीका वरिष्ठ सदस्य छन । उनि यसै महिनामा राष्ट्रपति डानले प्रधानमन्त्री पदका लागि मनोनयन र्दोस्रो व्यक्ति हुन ।

यसअघि प्रधानमन्त्रीका लागि प्रस्तावित युजेन टोम्याकले आवश्यक राजनीतिक समर्थन जुटाउन नसकेपछि आफ्नो जनादेश फिर्ता लिनुभएको थियो । संसद्मा मन्त्रिपरिषद् प्रस्तुत गर्ने समयसीमा पूरा हुन नसकेपछि राष्ट्रपति डानले नयाँ विकल्प रोजेको हो ।

बुखारेस्टस्थित कोट्रोसेनी दरबारमा आयोजित कार्यक्रममा राष्ट्रपति डानले टोम्याकले आफ्नो जनादेश फिर्ता लिएको जानकारी दिँदै एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका रूपमा मनोनीत गरेको घोषणा गरे । उनको मनोनयनले प्रभावकारी हुन भने संसद्को स्वीकृति आवश्यक पर्नेछ ।

राष्ट्रपति डानले भेस्टियालाई प्रशासनिक अनुभव र व्यवस्थापकीय क्षमताका आधारमा योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार भेस्टियाले आफ्नो राजनीतिक यात्रामा स्थानीय तहदेखि राष्ट्रिय नेतृत्वसम्मका विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हाले का छन।

भेस्टियाले सानो सहरको मेयर, ब्रासोभ काउन्टी परिषद्का अध्यक्ष तथा विकास मन्त्रीका रूपमा काम गरिसक्नुभएको छ । ब्रासोभमा रहँदा उनले युरोपेली कोष आकर्षित गरी विकास परियोजनाहरू अघि बढाएको उल्लेख गरिएको छ ।

राष्ट्रपति डानले भेस्टियालाई पश्चिम समर्थक राजनीतिज्ञ र बजेट व्यवस्थापनमा अनुभवी व्यक्ति भन्दै उहाँले नयाँ जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे ।

सन् २०२३ देखि २०२४ सम्म विकास मन्त्री रहनुभएका भेस्टियाले आफू वास्तविक सुधार लागू गर्ने र रोमानियालाई पश्चिम समर्थक मार्गमा अघि बढाउने राजनीतिक सरकार गठन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । उनले रोमानिया युरोपको छैटौँ ठूलो देश भएकाले विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री पदका लागि राष्ट्रपतिको लगातार दोस्रो मनोनयन मे महिनामा तत्कालीन प्रधानमन्त्री इलि बोलोजन अविश्वास प्रस्तावबाट पदच्युत भएपछि आएको हो । रोमानियामा अर्को आम निर्वाचन सन् २०२८ सम्म नहुने भएकाले वर्तमान राजनीतिक व्यवस्थापनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

युरोपेली सङ्घ (इयु) भित्र सबैभन्दा ठूलो बजेट घाटा झेलिरहेको रोमानिया उच्च मुद्रास्फीति र प्राविधिक मन्दीको चुनौतीसँग जुधिरहेको छ । सन् २०२५ मा गठबन्धन सरकार सत्तामा आएपछि बजेट घाटा घटाउने लक्ष्यलाई प्रमुख प्राथमिकता बनाइएको थियो ।

बोलोजन सरकारले कम्युनिस्ट शासनपछिको रोमानियाको गम्भीर राजनीतिक सङ्कट समाधान गर्ने उद्देश्य राखे पनि त्यो सरकार एक वर्षभन्दा कम समयमै ढलेको थियो । यस्तो अवस्थामा भेस्टियाको सम्भावित नेतृत्वलाई राजनीतिक स्थिरता र आर्थिक सुधारको नयाँ परीक्षणका रूपमा हेरिएको छ ।

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु