उत्तर कोरियामा मध्यरातमा ‘दुर्लभ’ सैनिक परेड
वि.सं.२०७७ असोज २५ आइतवार १६:५३
shares

सत्तारुढ वर्कर्स पार्टीको ७५ औं वर्षगाँठको अवसरमा उत्तर कोरियाले गएराति एक ‘दुर्लभ’ सैन्य परेड आयोजना गरेको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उन समेत सो सैनिक परेडमा सहभागी भएका थिए ।
शनिबार उज्यालो हुनुभन्दा अघि नै सो सैनिक परेको आयोजना गरिएको हो । उत्तर कोरियाले यस किसिमका सैनिक परेडहरु नयाँ मिसाइल वा हतियारको शक्ति प्रदर्शनका लागि गर्दै आएको छ । सैन्य परेडमा उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलसमेत प्रदर्शन गरेको बताइएको छ ।

उत्तर कोरियाले पछिल्लो दुई वर्षमा पहिलोपटक सैन्य परेड गरेको हो । अमेरिकामा राष्ट्रपति निर्वाचन आउन एक महिना भन्दा कम समय बाँकी रहेको अवस्थामा भएको यस किसिमको सैनिक परेडलाई अर्थरुर्ण रुपमा लिइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१८ र २०१९ को सुरुमा दुईपटक शिखर वार्ता भए पनि सहमतिमा पुग्न सकेन । ट्रम्प र किमबीचको पहिलो शिखर वार्तापछि उत्तर कोरियाले सैनिक परेडमा ब्यालेस्टिक मिसाइल प्रदर्शन गरेको थिएन ।



























