कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वि.सं.२०७७ असोज २५ आइतवार २०:१४
shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारूढ दलकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्ताव पेश गर्नेमा नेता यमलाल कँडेल, चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमार थापासहित १८ जना छन् ।
मुख्यमन्त्री शाही नेकपा संसदीय दलको नेतामा चयन भएपछि संसदीय दलको प्रभावकारिता र सरकारको उपस्थिति फितलो भएको असन्तुष्ट सांसदहरूकाे आरोप छ । तत्काल विधानको नियम १, २, ३ र ४ अनुसार बैठक राखेर प्रस्तावलाई निर्णयका लागि पेश गर्न उनीहरूले माग राखेका छन् ।


























