global ime bank Long Banner Ad

गृहपृष्ठ बिहान १० बजेसम्म विद्युत् काटिने, कुन कुन ठाउँमा अवरुद्ध हुन्छ ?

बिहान १० बजेसम्म विद्युत् काटिने, कुन कुन ठाउँमा अवरुद्ध हुन्छ ?

बिहान १० बजेसम्म विद्युत् काटिने, कुन कुन ठाउँमा अवरुद्ध हुन्छ ?

नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका १५‑१६ स्थानमा आज बिहान साढे ६ देखि १० बजेसम्म विद्युत् काटिने भएको हो ।

प्राधिरकणका अनुसार टेकु सबस्टेसन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासंघ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिनेछ । यस्तै टेकु वंशीमार्फत सुकुम्बासी टोल जाने बाटोसम्म, कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेसनल ट्रेडिङ हुँदै हनुमन्त भीसेनस्थान, परोपरकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी अस्पताल अगाडिसम्म विद्युत् काटिनेछ ।

यस्तै क्षेत्रपाटी चोक, जैशीदेवल, ज्यावबहाल, चिकमुगङ्ल, भीमसेनस्थान  फिडरअन्तर्गत अन्डरग्राउन्ड हुँदै टेकु नेसनल ट्रेडिङको बाहिरपट्टि काठमाडौँ बिजनेस पार्क हुँदै १२ नम्बर वडा कार्यालय, ब्रह्मटोल, जैशीटेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुनेछ । तोकिएको समयअगावै तोकिएको कार्य सकिएमा विद्युत् पुनः सञ्चालनमा आउन सक्ने सूचना अधिकृत अर्यालले जानकारी दिए ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु