global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वभर ३ करोड ८० लाख पुग्यो कोरोना संक्रमित संख्या, अमेरिकामा र भारतमै डेढ करोड

विश्वभर ३ करोड ८० लाख पुग्यो कोरोना संक्रमित संख्या, अमेरिकामा र भारतमै डेढ करोड

विश्वभर ३ करोड ८० लाख पुग्यो कोरोना संक्रमित संख्या, अमेरिकामा र भारतमै डेढ करोड

बितेका २४ घण्टामा विश्वभर २ लाख ७५ हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् । यो अवधिमा अमेरिका र भारतमा मात्रै एक लाख संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिकामा ४५ हजार ७९१ र भारतमा ५४ हजार २६५ जना संक्रमित फेला परेका हुन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या तीन करोड ८० लाख ३१ हजार नाघेको छ । अमेरिका र भारतमा मात्रै डेढ करोड संक्रमित छन् । अमेरिकामा ८० लाख ३७ हजार र भारतमा ७१ लाख ७३ हजार संक्रमित छन् ।

कोरोना संक्रमणबाट विश्वभर १० लाख ८५ हजार ३५२ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये अमेरिका, भारत र ब्राजिलमै करिब आधा अर्थात् ४ लाख ८० हजार जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु