global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वभरका कोरोना संक्रमितमध्ये भारत र अमेरिकामै ४० प्रतिशत

विश्वभरका कोरोना संक्रमितमध्ये भारत र अमेरिकामै ४० प्रतिशत

विश्वभरका कोरोना संक्रमितमध्ये भारत र अमेरिकामै ४० प्रतिशत

कोरोनाभाइरस (कोभिड-१९) बाट विश्वभरका २१६ भन्दा बढी देश तथा क्षेत्र प्रभावित भइरहँदा भारत र अमेरिकामा मात्रै संक्रमितको संख्या कुल संक्रमितको ४० प्रतिशत नाघेको छ । अमेरिका र भारतमा मात्रै एक करोड ५२ लाख १३ हजारभन्दा बढी संक्रमित भेटिएका हुन् ।

विश्वभर कोरोनाबाट ३ करोड ८० लाख ४२ हजार ४६७ मानिस संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । तथ्यांकअनुसार अमेरिकामा मंगलबारसम्म ८० लाख ३७ हजार मानिस संक्रमित भएका छन् भने भारतमा ७१ लाख ७५ हजार भन्दा बढी छन् ।

कोरोनाबाट विश्वभर १० लाख ८५ हजार ३७३ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी कोरोना फैलिएको अमेरिकामा दुई लाख २० हजार र दोस्रो भारतमा एक लाख ९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारत र अमेरिकामा गरी ३ लाख २९ हजार जनाले ज्यान गुमाएका छन्, यो संख्या विश्वभरका मृतकको ३० प्रतिशत हो ।

त्यसैगरी विश्वभर दुई करोड ८६ लाख दुई हजार ८५८ जना डिस्चार्ज भएका छन् । अमेरिकामा कोरोनाबाट निको हुनेको संख्या ५१ लाख ८४ हजार छ भने भारतमा हालसम्म ६२ लाख २७ हजार २९५ जना निको भएर घर फर्केका छन् । अमेरिका र भारतमा मात्र संक्रमणमुक्त हुनेको संख्या एक करोड १४ लाख ११ हजार छ, यो कुल डिस्चार्ज संख्याको ४० प्रतिशत हो ।

हाल विश्वका पाँच देश सेन्ट भिन्सेन्ट ग्रेनेडाइन्स, मकाओ, न्यु क्यालोडोनिया, फक्ल्यान्ड टापु र एन्गुइला संक्रमणमुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमित नभएका देशहरु ब्रुनेई, ब्रिटिस भर्जिन र मोन्टसेरट हुन् ।

अमेरिकाको सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको राज्य क्यालिफोर्नियामा मंगलबारसम्म ८ लाख ५८ हजार संक्रमित छन् । क्यालिफोर्नियामा कोरोनाबाट १६ हजार ५९३ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ४१ हजार ७३६ जना डिस्चार्ज भएका छन् । त्यस्तै बढी संक्रमण फैलिएका अन्य राज्यहरु टेक्सास, फ्लोरिडा, न्युयोर्कलगायत हुन् । ती राज्यहरुमा संक्रमितको संख्या क्रमशः ८ लाख ३९ हजार, ७ लाख ३६ हजार र ५ लाख १० हजार छ ।

भारतमा सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको राज्य महाराष्ट्रमा १५ लाख ३५ हजार संक्रमित छन् । महाराष्ट्रमा हालसम्म कोरोनाबाट ४० हजार ५१४ जनाले ज्यान गुमाएका छन् भने १२ लाख ८१ हजार ८९६ जना निको भएका छन् । बढी संक्रमण फैलिएका अन्य राज्यहरुमा कर्णाटक, तमिलनाडु, आन्ध्रप्रदेश, उत्तरप्रदेशलगायत हुन् । आन्ध्रप्रदेशमा संक्रमितको संख्या ७ लाख ५८ हजार, कर्णाटकमा ७ लाख १७ हजार, तमिलनाडुमा ६ लाख ६१ हजार र उत्तरप्रदेशमा ४ लाख ३९ हजार छ ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु