गृहपृष्ठ भोकमरी सूचकमा नेपालको स्थिति दक्षिण एसियामै उत्तम
भोकमरी सूचकमा नेपालको स्थिति दक्षिण एसियामै उत्तम
नेपालले भोकमारी न्यूनीकरणमा विगत दुई दशकमा उल्लेख्य प्रगति हासिल गरेको र यो दक्षिण एसियामा नै उत्तम रहेको पाइएको छ ।
‘ग्लोबल हंगर इन्डेक्स-२०२०’ विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ७३ औं स्थानमा छ, यो मध्यम तह हो भने दक्षिण एसियाको औसत स्तरभन्दा नेपालको सूचक उत्तम भएको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियामा नेपालभन्दा केही माथिल्लो स्थानमा श्रीलंका छ । श्रीलंका १६.३ स्कोरसहित ६३ औं स्थानमा छ ।
नेपाल १९.५ अंकसहित ७३ औं स्थानमा छ भने बंगलादेश २०.४ अंकसहित ७५ औं स्थानमा, पाकिस्तान २४.६ अंकसहित ८८ औं स्थानमा र भारत २७.२ अंकसहित ९४ औं स्थानमा छ । दक्षिण एसियाको ठूलो अर्थतन्त्र भारतमा नेपालसहित अन्य दक्षिण एसियाली मुलुकमा भन्दा भोकभरी सघन रहेको प्रतिवेदनले देखाएको छ ।
नेपालले सन् २००० देखि २०२० सम्म आइपुग्दा भोकमरीसँग जोडिएका सूचकरूको सुधारमा निरन्तर प्रगति हासिल गरेको प्रतिवेदनले औंल्याएको छ । यस वर्ष नेपाल र कंगोको भोकमरी र त्यसको न्यूनीकरणमा भइरहेका प्रयासबारे विस्तृत व्याख्या गरिकएको प्रतिवेदनअनुसार सन् २००० मा ग्लोबल हंगल इन्डेक्समा नेपालको ३७.४ स्को रहेकोमा यस वर्ष १९.५ मा झरेको छ । यद्यपि, खाद्य र पोषण सुरक्षा अझै पनि चुनौतीका विषय बनिरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार नेपालमा कुपोषणका अनुपात पनि उल्लेख्य रूपमा घटेको छ, सन् २०००-२००२ मा नेपालमा पर्याप्त पोषण नपाउने जनसंख्या २३.६ प्रतिशत रहेकोमा यो अनुपात सन् २०१७-२०१९ मा आइपुग्दा ६.१ प्रतिशतमा झरेको छ ।
प्रकाशित समय : २०:१५ बजे


















