global ime bank Long Banner Ad

गृहपृष्ठ गर्भवतीको अल्ट्रासाउण्डसमेत गर्ने नक्कली डाक्टर पक्राउ

गर्भवतीको अल्ट्रासाउण्डसमेत गर्ने नक्कली डाक्टर पक्राउ

गर्भवतीको अल्ट्रासाउण्डसमेत गर्ने नक्कली डाक्टर पक्राउ

वीरगंज महानगरपालिका- २, छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा गर्ने विन्दवासिनी गाउँपालिका- ३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

तेलीले डाक्टर शिवशंकर (DR. S. S. Yadav) को नाममा आफैंले बिरामीहरुको जाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तेलीउपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु