global ime bank Long Banner Ad

गृहपृष्ठ ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ । जारी भेटवार्तामा कर्णाली प्रदेशमा देखिएको विवाद लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

यसका साथै मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको स्रोतको भनाइ छ । पार्टिभित्रको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वयले नयाँ सहमति गरेर कार्यदल गठन गरेका थिए । कार्यदलले मन्त्रिमण्डल पुनर्गठन गर्न सुझाव दिएको थियो । सुझाव अनुसार मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच विवाद छ ।

सहमति नजुटेपछि मन्त्रिपरिषद् पुनर्गठन हुन सकेको छैन भने पार्टी एकताका बाँकी काम पनि टुंगो लाग्न सकेको छैन । पछिल्लोसमय कर्णालीका मुख्यमन्त्री एवं प्रदेशसभा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाभित्रको विवाद थप पेचिलो बनेको छ ।

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु