global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिए विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु