global ime bank Long Banner Ad

गृहपृष्ठ उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज

प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन  उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु