काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज

10.58K
shares

प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन  उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।