global ime bank Long Banner Ad

गृहपृष्ठ भाजपाको निम्तोमा प्रचण्ड भोलि भारत जाँदै

भाजपाको निम्तोमा प्रचण्ड भोलि भारत जाँदै

भाजपाको निम्तोमा प्रचण्ड भोलि भारत जाँदै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आएको दिनमै राणा भारत प्रस्थान गरेकी हुन् । त्यसको झण्डै पाँच दिनपछि प्रचण्ड पनि भारत जाने विषयलाई निकै अर्थपूर्ण मानिएको छ ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु