nmb bank

गृहपृष्ठ श्रीलंका संकट : प्रधानमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, सरकारी टेलिभिजन बन्द

श्रीलंका संकट : प्रधानमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, सरकारी टेलिभिजन बन्द

श्रीलंका संकट : प्रधानमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, सरकारी टेलिभिजन बन्द केही दिन अघिकाे प्रदर्शनमा सर्वसाधारण ।

बुधबार नै प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । उनीहरूले श्रीलंकाको संकट समाधान गर्न वर्तमान् सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा सयौँको संख्यामा तैनाद सशस्त्र सुरक्षा फौजसँग लामो समय झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलंकास्थित सम्वाददाताले पुष्टि गरेका छन् । प्रधानमन्त्रीको कार्यालयमा पुगेका प्रदर्शनकारीले श्रीलंकाको संकटको कारण राजापाक्ष परिवार र उनको प्रशासन रहेको भन्दै आफूहरूले आन्दोलन गरेको र राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नु आफ्नो सफलता भएको बताएका छन् ।

यसैबीच, श्रीलंकाको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ । प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् ।

राजापाक्ष मालदिभ्सबाट बुधबार नै सिंगापुर जाने

श्रीलंकाको वायुसेनाको विमानमार्फत् माल्दिभ्स पुगेका पूर्वराष्ट्रपति गोटावाय राजापाक्ष बुधबार सिंगापुर जाने उनीनिकट स्रोतले जनाएको श्रीलंकाको पत्रिका डेली मिररले जनाएको छ । उनी बुधबार बिहान राष्ट्रपतिको हैसियतमा रक्षा मन्त्रालयको स्वीकृतिमा श्रीलंकाबाट माल्दिभ्सतर्फ गएका थिए । जुलाई ९ मा प्रदर्शनकारीको भीडले राजपाक्षको निवासमा आक्रमण गरेपछि देशमा नै लुकेर बसिरहेका उनले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका थिए ।

श्रीलंकाले इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ र मुद्रास्फीति बढ्दै गएकोले स्वतन्त्रतापछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको छ ।

प्रकाशित समय : ०१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु