global ime bank Long Banner Ad

गृहपृष्ठ देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामहरू के-के हुन् ? (सूची)

देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामहरू के-के हुन् ? (सूची)

देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामहरू के-के हुन् ? (सूची)

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिमा संविधान, संसद् र लोकतन्त्रको रक्षा हुनाका साथै जनजीविकाका सवालमा विभिन्न कामहरु गरेको सरकारले उल्लेख गरेकाे छ ।

सरकारले एक वर्षमा गरेका ४२ वटा महत्त्वपूर्ण काम सार्वजनिक गरेको छ । अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी संसद्‌बाट अनुमोदन, सरकार गठनपछि संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता, निरंकुशताको चिन्ता र आशंका अन्त्य गर्न सफल भएकाे लगायतका विषयहरू 'महत्वपूर्ण कामहरू'काे सूचीमा समेटिएका छन् । विवरणमा देउवा सरकार गत २०७८ साल २९ असारमा गठन भएको स्मरण गर्दै पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको सरकारले दाबी गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरुको २६औँ सम्मेलनमा प्रधानमन्त्री देउवा र वनमन्त्री लगायतको नेपालको गहकिलो उपस्थितिले नेपालको पर्वतीय मुद्दाहरु उठान गरिएकाे, वन वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा विभिन्न आयोजना कार्यान्वयन गर्न नेपाललाई करिब २५० मिलियन अमेरिकी डलर बराबरको सहायता प्राप्त हुने गरी प्रक्रिया अगाडि बढाएको कुरा पनि सरकारकाे उपलब्धिमा उल्लेख छ ।

सरकारका महत्वपूर्ण कामहरू:

प्रकाशित समय : ०१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु