गृहपृष्ठ हैजाका बिरामीको संख्या २८ पुग्यो
हैजाका बिरामीको संख्या २८ पुग्यो
काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको पुष्टि गरे ।
डा. दासका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको हाे । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको उनले जानकारी दिए ।
प्रकाशित समय : ००:११ बजे

















