गृहपृष्ठ गरिमा विकास बैंकद्वारा डस्बिन र स्ट्याण्ड फ्यान प्रदान
गरिमा विकास बैंकद्वारा डस्बिन र स्ट्याण्ड फ्यान प्रदान
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको गरिमा विकास बैंकले डस्बिन र स्ट्याण्ड फ्यान वितरण गरेको छ ।
बैंकको माछापोखरी शाखाको समन्वयमा काठमाडौं महानगरपालकिा-१६, बसन्तनगरस्थित तारकेश्वर धाममा रहेको किरियापुत्री घरमा ३० थान डस्बिन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका डस्बिनमा १०० लिटरको १० थान र ३२ लिटरको २० रहेका छन् । त्यस्तै, स्याङजाको वालिङ शाखाको समन्वयमा वालिङ बहुमुुखी क्याम्पसलाई बैंकका पूर्वअध्यक्ष दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।
गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
.jpg)
प्रकाशित समय : २३:५२ बजे

















