global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभाद्वारा दुई विधेयक पारित

प्रतिनिधिसभाद्वारा दुई विधेयक पारित

प्रतिनिधिसभाद्वारा दुई विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयकलाई पारित गरेको छ । ती विधेयकमा औषधि ऐन संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनसम्बन्धी विधेयक  छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवनीप्रसाद खापुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । विधेयकको सैद्धान्तिक छलफलमा सांसद योगेशकुमार भट्टराई, पुष्पा भुसाल गौतम र विमला विकले भाग लिउका थिए ।

यसैगरी स्वास्थ्यमन्त्री खापुङले ‘स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयक उपरको छलफलमा सांसद कृष्णभक्त पोखरेल, दिव्यमणिराज भण्डारी, नारायणप्रसाद खतिवडा, पुष्पा भुसाल गौतम र घनश्याम खतिवडालगायतले भाग लिएका थिए ।

दुवै छलफलमा उठेका प्रश्नको जबाफ दिँदै स्वास्थ्यमन्त्री खापुङले विधेयकलाई संविधानले दिएको समयसीमाभित्र रही दुवै विधेयक सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणित गर्नुपर्ने भएकाले विधेयकका सम्बन्धमा  पेस भएका संशोधन प्रस्ताव फिर्ता लिन अनुरोध गरे ।

यसअघि सांसद प्रेम सुवालले दुवै विधेयक माथि पेस गरेको संशोधनको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ  ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गरेको ती विधेयक सर्वसम्मतिले स्वीकृत गर्दै छलफलका लागि सम्बधित समितिमा पठाइने भएको हो । 

प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते दिउँसो ३ बजे बस्ने छ ।

प्रकाशित समय : २३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु