global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा ११ अंकको सुधार

नेप्सेमा ११ अंकको सुधार

नेप्सेमा ११ अंकको सुधार

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अंकले वृद्धि भएकाे छ । हिजो ७७ अंकले बजार घटेको बजार आज दोहोरो अंकले बढेकाे हो । सेयर बजार ११ अंकले बढेपछि नेप्से परिसूचक १ हजार ९२७ अंकमा पुगेर बन्द भएको छ ।

आज १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजार परिसूचक ०.६१ प्रतिशतले सुधारिएको छ । यसैगरी, आज सेन्सेटिभ समूह २.०९ अंकले बढेर ३६८ अंकमा पुगेको छ । आज ४९ लाख कित्ता सेयर किनबेच भएर १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज सप्तकोसी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८ रुपैयाँले बढेर ५०४ रुपैयाँ पुगेको छ । यसैगरी, आज नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ४ प्रतिशतले घटेर ८२० रुपैयाँमा आइपुगेको छ ।

आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । जसमध्ये, निर्जीवन बिमा समूहमा ७४ अंकको सुधार आएको छ भने उत्पादनमूलक समूहमा ६५ अंकको सुधार आएको छ । यस्तै, होटल एण्ड टुरिज्म समूह ४१ अंकले बढेको छ भने व्यापार समूह २६ अंकले बढेको छ भने विकास बैंक समूह २६ अंकले बढेको छ ।

प्रकाशित समय : २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु