global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोना संक्रमणको दर बढ्दो, थपिए १७७ जना संक्रमित

कोरोना संक्रमणको दर बढ्दो, थपिए १७७ जना संक्रमित

कोरोना संक्रमणको दर बढ्दो, थपिए १७७ जना संक्रमित

कोरोना भाइरसको संक्रमण दैनिक बढिरहेको छ । आज १७७ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार १६८ मा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार १२६ परीक्षण गर्दा आज सो संख्यामा  संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या ८७३ रहेको छ । सो अवधिमा ४१ संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य संक्रमित भएका जिल्ला १५ रहेका छन् । 

संक्रमितमध्ये होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २० रहेका छन् । सघन उपचार कक्ष (आइसीयू) मा  ११ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । 

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु