गृहपृष्ठ यस्तो छ तपाइकोआजको राशिफल
यस्तो छ तपाइकोआजको राशिफल
मेष राशी ःसाथीभाई तथा इष्टमित्रसंगको भेटघाटले आजको दिन हर्सोल्लासका साथ बित्नेछ । धार्मिक कार्यमा रूचि बढ्नेछ । अधुरा काम बन्नाले मन उत्साहित हुनेछ, तपाइले आज दहि सेवन गरेर यात्रा गर्दा शुभ हुनेछ।
वृष राशी ःआज मनमा थोरै भएनी खिन्नता हुनेछ । पशुचौपाया बाट नोक्सानी उठाउनु पर्ला । तर मध्यान्नतिर भने आटेका कार्यहरु सफल हुनेछन । आजको दिन कालो वा निलो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ । ऊ नम शिबाय मन्त्र १०८ पटक जपेमा सबै अनिष्ट समाप्त हुनेछन ।
मिथुन राशी ःपरिवार मा प्रेम बढ्नेछ । सुसमाचर सुन्ने अवसर आउनेछ । शत्रु पक्ष कमजोर हुनेछन । जागिर तथा नोकरीमा पदोन्नती हुने समय छ । अध्ययन, अध्यापन मा रुची बढनेछ । आज को दिन ढुकुर वा परेवा लाइ अन्न दिदा राम्रो हुनेछ ।
कर्कट राशी ःशत्रु पक्ष बलवान हुनेछन बोल्दा विचार गरेर मात्र बोल्नुहोला अनाबस्यक झैझगडा हुन सक्ला । परिवार जन बाट आज सहयोग को अपेक्षा नगर्दा राम्रो हुनेछ । ढाड तथा कम्मरको दुखाइले सताउनेछ । आज को दिन कुनै नयाँ कार्यको थालनी नगरे फाईदा होला । कुकुर तथा कागलाइ अन्न दिएमा राम्रो हुनेछ।
सिंह राशी ःमन प्रफुल्ल हुनेछ । तीर्थयात्रा तथा मठ मन्दिरमा समय बित्नेछ । अध्ययन तथा अध्यापन मा रुची होला मध्यान्न तिरबाट अशुभ समाचारले मन खिन्न होला खानपान मा बिशेष ध्यान दिनुहोला पेटमा समस्या आउन सक्छ । आजको दिन गुड सेवन गरेर सुरु गर्दा राम्रो हुनेछ ।
कन्या राशी ःबसिरहेको स्थान भन्दा अन्य स्थान को यात्राको लागि निमन्त्रणा हुनेछ । धन तथा मान प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अधुरा काम बन्नाले नया कार्य मा मन जानेछ । सुसमाचर पाउनाले परिवारजनमा खुसि छाउनेछ । आजको दिन गाईलाई घास वा अन्न दिदा राम्रो हुनेछ ।
तुला राशी ःपराक्रम बढ्नेछ । व्यापार ब्यबसायमा लाभ हुनेछ । बैदेसिक यात्राको लागि सुनौलो अवसर आउन सक्नेछ । धार्मिक कार्यमा रुची बढ्नाले आजको दिन हर्सोलासका साथ बित्नेछ । आजको दिन मनोरंजनमै बित्नेछ । आजको दिन गरिबदुखिलाई सहयोग गरेमा अझै राम्रो हुनेछ ।
वृश्चिक राशी ःधन तथा मान प्राप्त हुनाले मन प्रसन्न हुनेछ । प्रेम सम्बन्ध अझै निकट हुने दिन रहेको छ । शत्रुहरु पराजित हुनेछन् । आजको यात्रा फलदायी रहनेछ । धार्मिक कार्यमा रुची होला । आजको दिन कुनै नदि वा तलाउमा अन्न छर्दा अझै रामो हुनेछ ।
धनु राशी ःमन मा शान्ति अनि मुहार मा कान्ति आउनेछ । लामो दुरीको यात्रा हुनेछ । व्यापार ब्यबसाय बाट प्रशस्त लाभ हुनेछ । प्रेम सम्बन्ध प्रगाड हुनेछ । खानपान तथा मनोरन्जनमै आजको दिन बित्नेछ । कुनै जोगी वा साधुलाइ भोजन गराउदा अझै राम्रो हुनेछ ।
मकर राशी ःसाहित्यिक लेखनमा रुची बढ्नेछ । तपाइको क्षमता देखाउने अवसर औमेछ । कुनै नयाँ कार्यको सुरुवात गरेमा सफलता हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । तिर्थयात्रा गर्ने समय रहेको छ । आज को दिन ओम नमो भगवते बाशुदेबाय मन्त्र जप गरि सुरु गरेमा अझ राम्रो हुनेछ ।
कुम्भ राशी ःआफूभन्दा निच व्यक्तिबाट अपहेलित हुनुपर्ला, दण्ड तथा जरिवाना पनि हुनसक्छ साबधान रहनुहोला । तर मध्यान्न तिरबाट खानपान तथा मनोरंजनमा सहभागी हुन पाइएला। धार्मिक कार्यमा रुची बद्नेछ, पुत्र तथा पत्नीको सहयोगले कार्य सफल हुनेछ । आजको दिन बच्चाहरुलाई मिठाई दियर शुरु गर्दा राम्रो हुनेछ ।
मीन राशी ःराज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरु पुरा हुनेछन । आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ । कुनै सभा समारोहमा सहभागी भइएला, जागिर तथा नोकरीबाट लाभ होला । आजको दिन दुखिलाई भोजन गराएमा राम्रो हुनेछ ।
प्रकाशित समय : ०५:३३ बजे


















