global ime bank Long Banner Ad

गृहपृष्ठ औपचारिक फुटतर्फ जसपा, सुरु भयाे बाबुरामपक्षीय बैठक

औपचारिक फुटतर्फ जसपा, सुरु भयाे बाबुरामपक्षीय बैठक

औपचारिक फुटतर्फ जसपा, सुरु भयाे बाबुरामपक्षीय बैठक

जनता समाजवादी पार्टी क्रमश: औपचारिक फुटतर्फ अघि बढेकाे छ । पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूपक्षीय भेला डाकेका छन् । केन्द्रीय समितिको साे बिस्तारित बैठक सुरु भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित एक होटलमा बाबुराम समूहको बैठक सुरु भएको हो । यो बैठक जसपा विभाजनको औपचारिक कदम हुने बताइएको छ । भेलामा बाबुराम समूहमा खुलेका नेताहरु सहभागी छन् । कार्यकारिणी सदस्य, केन्द्रीय सदस्य लगायतका पदाधिकारीहरू बैठकमा सहभागी रहेकाे बताइएकाे छ ।

दुई दिनसम्म चल्ने बैठकमा जसपाको आन्तरिक विवादको विषयका साथै पार्टी क्षेत्रीय हुने कि राष्ट्रिय हुने भन्नेमा विशेष छलफल हुने जनाइएकाे छ । यस्तै सनातन सत्तामुखी पार्टी हुने कि रुपान्तरणकारी राजनीति गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुनेछ । पार्टीको नेतृत्व एकल हुने कि समावेशी पार्ने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकका एक सयभन्दा बढी केन्द्रीय सदस्य उपस्थित रहेकाे बताइएकाे छ । जसपामा केन्द्रीय समितिको सदस्य संख्या ४९९ रहेको छ ।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु