गृहपृष्ठ अवैध कपडा र चिनी बरामद
अवैध कपडा र चिनी बरामद
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट-सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका-१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।
प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य करिब ५४ लाख ३६ हजार बराबारको रहेको जनाइएको छ । सामानको बिलबिजक नभेट्टाएपछि नियन्त्रणमा लिइएको कपडा र चिनी सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व कार्यालय रुपन्देहीमा पठाइएको प्रमुख महर्जनले जानकारी दिए ।
प्रकाशित समय : १५:३० बजे



















