global ime bank Long Banner Ad

गृहपृष्ठ तयारी अवस्थामा राखियो उद्धार जनशक्ति

तयारी अवस्थामा राखियो उद्धार जनशक्ति

तयारी अवस्थामा राखियो उद्धार जनशक्ति

वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्धार कार्यका लागि रसुवामा तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएकोे छ । विपद्पछि छिटो-छरितो तवरले उद्धार गर्न विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलो पंक्तिको दक्ष उद्धार जनशक्ति तयार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद्को अवस्था सिर्जना भएमा पहिलो पंक्तिमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसमेतका ६० भन्दा बढी तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । तालिमप्राप्त सुरक्षाकर्मीले पहिलो पंक्तिमा र अन्य सुरक्षाकर्मीले दोस्रो पंक्तिमा काम गर्ने बताइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी कुन निकायलाई कस्तो ठाउँमा परिचालन गर्ने भन्ने प्रमुख जिल्ला अधिकारीमार्फत पूर्वतयारी भइसकेकोे जनाएको छ । भौगोलिक विकटता एवं वर्षायाममा अधिकांश ग्रामीण सडक बिग्रिएको अवस्थामा समेत उद्धार एवं सुरक्षाका लागि यहाँ कार्यरत सुरक्षाकर्मी छिटोभन्दा छिटो तोकिएको गन्तव्य पुग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षायामभर जोखिम क्षेत्रको आसपासमा बसोवास नगर्न, नदी वा खोला किनारमा नजान, विपद्को जोखिम बढ्ने सम्भावना भएमा जिल्ला विपद् व्यवस्थापन समितिलाई सूचना दिई सहयोग गर्न प्रशासनले जिल्लावासीलाई आग्रह समेत गरेको छ ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु