गृहपृष्ठ ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा सञ्चालनमा
ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा सञ्चालनमा
ज्योति विकास बैंकले धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।
मेचीनगर नगरपालिका–१०, झापास्थित धुलाबारी शाखाको समुद्घाटन बैंकका पूर्वअध्यक्ष तथा बैंकका संस्थापक सेयरधनी ध्रुबकुमार उप्रेती र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरे ।
साथै, गोदावरी नगरपालिका–२, कैलालीस्थित अत्तरिया शाखाको समुद्घाटन गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्ट र बैंकका संस्थापक सेयरधनी तथा साबिक राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेमबहादुर भण्डारीले संयुक्त रुपमा गरे ।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले धुलाबारी र अत्तरिया शाखाका ग्राहकलाई शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, डिम्याट खाता, मेरोसेयर रजिस्ट्रेशन, डेबिट कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।
प्रकाशित समय : २१:३७ बजे



















