nmb bank

गृहपृष्ठ थप ९८ जनामा कोरोना पुष्टि, कति छ सक्रिय संक्रमितको संख्या ?

थप ९८ जनामा कोरोना पुष्टि, कति छ सक्रिय संक्रमितको संख्या ?

थप ९८ जनामा कोरोना पुष्टि, कति छ सक्रिय संक्रमितको संख्या ?

पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । जसमध्‍ये ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् । यस्तै एकजनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ७३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : २२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु