nmb bank

गृहपृष्ठ लुम्बिनी विकास बैंकले वृक्षारोपण गरी मनायो वार्षिकोत्सव

लुम्बिनी विकास बैंकले वृक्षारोपण गरी मनायो वार्षिकोत्सव

लुम्बिनी विकास बैंकले वृक्षारोपण गरी मनायो वार्षिकोत्सव

लुम्बिनी विकास बैंक वित्तीय सचेतनासम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम समपन्न गरेको छ । बैंककाे १५औं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम सम्पन्न गरिएकाे हो ।

बैंकले प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं. १३ को कोलचौर, राम मन्दिरमा पुगेर समापन गरी कोलचौरमा कपुर, कल्की, चाँपलगायत विभिन्न जातका गरी १०० वटा बिरुवाको वृक्षारोपण गरेको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक केशव खतिवडा, अन्जु कुमारी गुप्तालगायत बैंकका व्यवस्थापन समिति र कर्मचारीहरु समेत सहभागी थिए । यस विकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

प्रकाशित समय : २३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु