गृहपृष्ठ अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश
अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश
अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश
काठमाडौं – एक अमेरिकी सङ्घीय न्यायाधीशले ७५ देशका नागरिकहरूलाई लक्षित गरी देशमा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि भिसा प्रतिबन्ध खारेज गरिदिएका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ ।
न्युयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जीनेट भर्गासले यस नीतिलाई ‘कानुनविपरीत’ भएको बताउनुभएको छ र विदेशमन्त्री मार्को रुबियोले यसलाई जारी गर्दा आफ्नो ‘कानूनी अधिकार’ नाघेको बताए।
जनवरीमा लागू भएको यस नीतिले अफगानिस्तान, ब्राजिल, इजिप्ट, इरान, इराक, नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमनलगायत ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो ।
विदेश मन्त्रालयले भिसा प्रक्रिया निलम्बनको घोषणा गर्दै भनेको थियो, “यो निर्णय ‘उच्च जोखिमयुक्त देशबाट आउने आप्रवासीहरूले अमेरिकामा गैरकानूनी रूपमा कल्याणकारी सुविधा प्रयोग नगरून् वा सार्वजनिक भार नबनून् भनेर सुनिश्चित गर्न’ गरिएको हो।”
भर्गासले आदेशमा भनेका छन्, “कन्सुलर अधिकारीहरूलाई आवेदक अन्यथा योग्य ठहरिए पनि केवल आवेदकको मूल देशका आधारमा आप्रवासी भिसा अस्वीकार गर्न गलत रूपमा आदेश दिइएको थियो ।”
शुक्रबारको फैसलाले केवल यस नीतिमा आधारित कुनै पनि भिसाको लागि अस्वीकृतिलाई खारेज गर्छ। सरकारले यस फैसलालाई पुनरावेदन गर्न सक्नेछ ।
ट्रम्पले लाखौँ अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने वाचासहित राष्ट्रपतीय निर्वाचनका लागि अभियान चलाएका थिए र ह्वाइट हाउसमा पुनः फर्केपछि निर्वासनलाई तीव्र बनाउने तथा सीमापार आवागमन घटाउने उद्देश्यले विभिन्न कदम चालेका छन् ।
प्रकाशित समय : २२:२१ बजे


















