काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

793
shares

यस वर्षको गर्मीयाममा युरोपभर फैलिएका डढेलोले पहिलो र दोस्रो विश्वयुद्धका बेला जमिनमुनि गाडिएका बम तथा बारुदी सुरुङको जोखिम उजागर गरेका छन् । अत्यधिक गर्मीका कारण कतिपय विस्फोटक पदार्थ पड्किएका छन् भने आगो निभाउन खटिएका उद्धारकर्मीसमेत जोखिममा परेका छन् ।
फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्यान्ड्समा पुराना विस्फोटक पदार्थ विस्फोट भएका घटना सार्वजनिक भएका छन् । नेदरल्यान्ड्सको लिम्बर्ग प्रान्तमा सन् १९४४ मा भीषण युद्ध भएको क्षेत्रमा डढेलोको जोखिम बढेपछि बम निष्क्रिय पार्ने टोली परिचालन गरिएको थियो ।
लन्डनस्थित ‘स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज’की शान्ति तथा द्वन्द्व अध्येता सारा नजेरीले जलवायु परिवर्तनका कारण डढेलो र विस्फोटका घटनाले युरोपको ‘जलवायु सुरक्षा’ कमजोर बनाउँदै लगेको बताउनुभयो । उहाँका अनुसार पहिले स्थिर अवस्थामा रहेका युद्धकालीन विस्फोटक पदार्थ अत्यधिक तापक्रम र डढेलोका कारण पुनः जोखिमपूर्ण अवस्थामा आउन सक्छन् ।
यस वर्षको डढेलोको जोखिम जनवरीमा भएको भारी वर्षाका कारण थप बढेको थियो । उक्त वर्षाले वनस्पति वृद्धि गराएपछि गर्मीयाममा ती सुक्खा वनस्पति आगो फैलाउने इन्धन बनेका थिए । ‘वल्र्ड वेदर एट्रिब्युसन’ समूहको अध्ययनअनुसार उच्च तापक्रम, खडेरी, कम आद्र्रता र तीव्र हावाले आगो फैलिन अनुकूल वातावरण बनाएको थियो ।
पूर्वी बेल्जियमको लिएज प्रान्तमा डढेलोका क्रममा केही छिटपुट विस्फोट सुनिएको गभर्नर हर्भे जामारले बताएको छन् । आगो लागेको क्षेत्रमा पुराना हतियार रहेको सम्भावनालाई ध्यानमा राखेर आपत्कालीन टोली परिचालन गरिएको थियो ।
दोस्रो विश्वयुद्धका क्रममा बेल्जियमको ‘हाई फेन्स’ क्षेत्रमा नाजी जर्मनी र मित्रराष्ट्रका सेनाबीच भीषण युद्ध भएको थियो । सो क्षेत्रमा अहिले पनि बम, मोर्टारका गोला र बारुदी सुरुङका अवशेष भेटिने गरेका छन् ।
स्थानीय इतिहासकार बर्नार्ड कोलार्डका अनुसार, बेल्जियमले हरेक वर्ष विस्फोटक पदार्थसम्बन्धी हजारौँ सूचना प्राप्त गर्छ । उहाँका अनुसार युद्धका पुराना रणभूमि अहिले जङ्गल, चरन तथा खेतीयोग्य जमिनमा परिणत भए पनि जमिनमुनि विस्फोटक पदार्थ अझै रहेका छन् ।
बेल्जियमको विस्फोटक पदार्थ व्यवस्थापन तथा विनाश सेवाले हरेक वर्ष देशभरबाट प्राप्त तीन हजारभन्दा बढी सूचनामा प्रतिक्रिया जनाउँदै दुवै विश्वयुद्धका करिब २०० देखि २५० टन विस्फोटक पदार्थ नष्ट गर्ने गरेको छ ।
जलवायु परिवर्तनसँगै खडेरीले पनि पुराना विस्फोटक पदार्थ सतहमा ल्याउने जोखिम बढाएको छ । नदी तथा तालको जलस्तर घट्दा स्लोभाकिया, हङ्गेरी र जर्मनीमा दोस्रो विश्वयुद्धकालीन नौसैनिक माइन तथा बम फेला परेका छन् ।
एरिजोना विश्वविद्यालयकी अनुसन्धानकर्ता क्रिस्टिना ग्रीनले जलवायु परिवर्तनका कारण ‘युद्धका अवशेष फेरि सतहमा आइरहेको’ बताए । उनका अनुसार यसले दशकौँदेखि ओझेलमा परेको युद्धकालीन जोखिमलाई पुनः सम्झाइरहेको छ ।र।सस