गृहपृष्ठ मुख्यमन्त्री भट्टद्धारा स्थानीय तहका प्रमुखसँग भिडियो कन्फेरेन्समार्फत छलफल
मुख्यमन्त्री भट्टद्धारा स्थानीय तहका प्रमुखसँग भिडियो कन्फेरेन्समार्फत छलफल
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय तहका प्रमुखसँग भिडियो कन्फरेन्स गर्नु भएको छ । सुदूरपश्चिम प्रदेशको पछिल्लो अवस्थावारे जानकारी लिन चलाइएको छलफलको क्रममा आज डोटी र डडेल्धुराका स्थानीय तहका मेयर तथा अध्यक्षहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्नु भएको हो ।
छलफलमा मुख्यमन्त्री भट्टले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पछिल्लो अवस्था, लकडाउनवाट उत्पन्न समस्या, रहात वितरण तथा आगामी आर्थिक वर्षको वजेटमा आवश्यक सुझाव लिनु भएको थियो ।
मुख्यमन्त्रीका स्वकीय प्रमुख सचिव सिं ओलीले दिएको जानकारी एक दिनमा दुई जिल्लाका स्थानीय तह प्रमुखसँग छलफल गर्ने तय भएअनुसार बाँकी स्थानीय तहसँग अर्को पटक छलफल चलाइने बताईएको छ ।
प्रकाशित समय : २३:२१ बजे


















