गृहपृष्ठ घातक रोगको बिमा गरेका ३ जनाले पाए एनआइसी एसियाबाट ३० लाख भुक्तानी
घातक रोगको बिमा गरेका ३ जनाले पाए एनआइसी एसियाबाट ३० लाख भुक्तानी
एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका ३ ग्राहकलाई घातक रोगको बिमाबापत ३० लाख रुपैयाँ भुक्तानी गरेको छ । उनीहरुलाई प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बिमा रकम भुक्तानी गरेको हो ।
बिमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भू शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेस्डर’ श्रेणीको खाता खोलेका प्रचण्डजंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ छन् । उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बीच बिमा रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको हो ।
यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार १ सय ३७ जनाभन्दा बढी ग्राहकले घातक रोग बसमाबापत २ करोड ४० लाख, दुर्घटना बिमाबापत ४० लाख र मेडिकल बिमाबापत २ करोड ६९ लाख गरी कुल ५ करोड ४९ लाखभन्दा बढी बिमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बिमा (१८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा)सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकसामू ल्याएको छ ।
बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जासम्बन्धी सुविधालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई-कमर्श नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आइपीएस/सी आइपीएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
प्रकाशित समय : २२:१३ बजे



















