गृहपृष्ठ महिला युरोपियन च्याम्पियनसिप : नर्वेको सुखद सुरुआत
महिला युरोपियन च्याम्पियनसिप : नर्वेको सुखद सुरुआत
नर्वेले महिला युरोपियन च्याम्पियनसिप २०२२ मा सानदार सुरुआत गरेको छ । बिहीबार सेन्ट मेयर्समा सम्पन्न समूह ‘ए’को खेलमा नर्वेले पहिलो पटक प्रतियोगितामा सहभागि भएको नर्दन आयरल्यान्डमाथि ४-१ को जित निकालेको हो ।
दुई पटकको विजेता नर्वेलाई यस पटक प्रतियोगिताकै दाबेदार टोलीको रुपमा हेरिएको छ । तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको नर्वेका लागि जुली ब्लाक्सटाड, फ्रेड्रा मानुम, क्यारेलिन ग्राहम हासेन र गुरो रेइटिनले समान एक गोल गरे । नर्दन आयरल्यान्डका लागि जुली नेल्सनले सान्त्वना एक गोल गरिन् ।
सन् २०१७ को युरोपियन च्याम्पियनसिपको समूह चरणमा भने नर्वे तीन वटै खेलमा गोल गर्न असफल भएको थियो ।
प्रकाशित समय : १७:५९ बजे


















