nmb bank

गृहपृष्ठ कृषि विकास बैंकले माग्याे १५२ कर्मचारी

कृषि विकास बैंकले माग्याे १५२ कर्मचारी

कृषि विकास बैंकले माग्याे १५२ कर्मचारी

कृषि विकास बैंकले १५२ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले स्थायी पदपूर्तिका लागि १५२ जना कर्मचारी भर्ना गर्ने भएको हो ।

लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरिएको हो । प्रकाशित सूचनाअनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागेको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखापालका लागि पनि  दरखास्त आह्वान भएको छ । बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । साउन १२ भित्र आवेदन दिनुपर्नेछ । अनलाइनमार्फत पनि आवेदन भर्न सकिनेछ ।

सूचना :

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु