nmb bank

गृहपृष्ठ बुढीगंगामा मतगणना सुरु

बुढीगंगामा मतगणना सुरु

बुढीगंगामा मतगणना सुरु

बाजुराको बुढीगंगा नगरपालिका बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । भानोदय नमुना माविमा केहीबेर अघिबाट मतगणना सुुरु गरिएकाे हाे । मतगणना वडा नम्बर १ र १० बाट सुरु गरिएको छ ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । करिब १३ हजार मतदाता रहेको बुढीगंगामा बिहीबार सम्पन्न निर्वाचनमा ९ हजार १२८ मत खसेको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराएको हो ।

नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले मेयर पदका लागि उम्मेदवारी दिएका छन् । उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु