गृहपृष्ठ दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

साताको पाचौं कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार सेयर बजार मापन परिसूचक नेप्से १६.६० अंकले घटेको हाे ।

बुधबार नेप्से सूचक १३.३३ अंकले बढेर २०४३.९२ बिन्दुमा पुगेर बन्द भएको थियो । नेपाल स्टक एक्सचेनज (नेप्से)का अनुसार बिहीबार १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनभन्दा घटेको छ । अघिल्लो दिन दुई अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस दिन २२९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ ।

म्युचअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । बिहीबार कारोबारमा आएका ४६ कम्पनीको सेयर मूल्य बढेको छ । १७५ कम्पनीको सेयर मूल्य घटेको छ । ९६ कम्पनीको सेयर मूल्य यथावत छ ।

७ करोड ६५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एलआइसी नेपाल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमश: अरुण काबेली पावर र शिवम् सिमेन्ट्स परेका छन् ।

प्रकाशित समय : २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु