गृहपृष्ठ बेलायती प्रधानमन्त्रीको राजीनामा माग

बेलायती प्रधानमन्त्रीको राजीनामा माग

बेलायती प्रधानमन्त्रीको राजीनामा माग

बेलायती गृहमन्त्री प्रिती पटेल  र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजीनाम माग गरेका छन् ।

‘गृहमन्त्री प्रिती पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य  धारणा भनेको नै उहाँको बहिर्गमन हो,’ भनेको  सीएनएनले स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ  ।

त्यसैगरी बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख व्यक्तिहरूसहित लगभग ३० बेलायती सरकारी अधिकारीहरूले हालैका पूर्वउपप्रमुख सचेतक क्रिस्टोफर पिन्चरको घोटाला काण्डलाई लिएर आफ्नो राजीनामा बुझाइसकेका छन् ।

यद्यपि जोनसनले सांसद्हरूलाई भनेका छन्, ‘कठिन परिस्थितिमा प्रधानमन्त्रीको काम प्राप्त जनादेशको सम्मान गर्नु हो र म त्यही गर्न गइरहेको छु ।’

उनका एक प्रमुख सहयोगी माइकल गोभले प्रधानमन्त्रीलाई एक निजी भेटमा पनि राजीनामाका लागि सुझाएको बुझिएको छ ।

बेलायतका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले जोनसनलाई राजीनामा दिन आह्वान गरेका छन् । योसँगै बेलायतको राजनीतिक अस्थिरतको सरगर्मी बढ्न लागेको संकेत देखिएको छ ।  

प्रकाशित समय : २१:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु