global ime bank Long Banner Ad

गृहपृष्ठ एनएमबी बैंकद्वारा विद्यालय भवनको पुनर्निर्माण

एनएमबी बैंकद्वारा विद्यालय भवनको पुनर्निर्माण

एनएमबी बैंकद्वारा विद्यालय भवनको पुनर्निर्माण

एनएमबी बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालय भवनकाे पुनर्निर्माण गरेकाे छ ।

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुला चौरमै पढाउन बाध्य थिए । एक कार्यक्रमबीच आज बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । 

कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौलीलगायत उपस्थित थिए भने विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीलगायत सदस्यहरुको उपस्थिति  थियो ।

उक्त कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्याकुरेलले विद्यालयसँग सहकार्यले विद्यार्थी भाइबहिनीमा पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरे ।

बैंकले वित्तीय कारोबार मात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए । ‘सामाजिक कार्यमा एनएमबी बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावक खुसी छौँ,’ उनले भने, ’वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ ।’

विगत २६ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु