global ime bank Long Banner Ad

गृहपृष्ठ दोहोरो अंकले घट्यो नेप्से, काराेबार रकम पनि खुम्चियो

दोहोरो अंकले घट्यो नेप्से, काराेबार रकम पनि खुम्चियो

दोहोरो अंकले घट्यो नेप्से, काराेबार रकम पनि खुम्चियो

मंगलबार सेयर बजार २.२२ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक ४६.०८ अंकले घटेर २,०३०.५९ बिन्दुमा पुगेको हो । अघिल्लो दिन पनि नेप्से ९.७५ अंकले घटेको थियो ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार नेप्से ९.७५ अकंले घटेर २ हजार ७६.६७ बिन्दुमा कारोबार बन्द भएको थियाे । त्यस दिन २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको थियाे ।

आज कुल २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा २२ वटाको मूल्य बढेको छ भने २०० वटाको मूल्य घटेको छ । आज सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यसपछि न्यादी ग्रुप पावरको ९.९७ प्रतिशत र आँधीखोला लघुवित्त वित्तीय संस्थाको ९.६१ प्रतिशतले सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रो पावरको ६.६० प्रतिशतले मूल्य घटेको हो ।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक संस्थापक सेयरको ३० करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसपछि अरुण काबेलीको ११ करोड ८२ लाख ६८ हजार रुपैयाँ, शिवम् सिमेन्टको १० करोड ६० लाख ७५ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड २१ लाख ६५ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित समय : २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु