global ime bank Long Banner Ad

गृहपृष्ठ रामेछाप बस दुर्घटना : मृतकमध्ये ८ जनाको सनाखत  (अपडेट)

रामेछाप बस दुर्घटना : मृतकमध्ये ८ जनाको सनाखत  (अपडेट)

रामेछाप बस दुर्घटना : मृतकमध्ये ८ जनाको सनाखत  (अपडेट)

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ ।

बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेका छन् । 

रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा सुनापति–५ की २६ वर्षीया समरिता तमाङ, ६० वर्षीय ठुला तामाङ,  ३६ वर्षीय ढुकुरे भन्ने खडक विक, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मि, सुनापति–४ की ३६ वर्षीया सन्जु आलेमगर, काभ्रेको रोशी गाउँपालिकाकी कमला तामाङ, काभ्रेकै सुदीप गमजेर रहेका छन् । 

दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

रामेछापको हिलेदेखी काठमाडौँ आउँदै गरेको बा३ख ८६९६ नम्बरको बस आज बिहान सवा १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रकाशित समय : २२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु