global ime bank Long Banner Ad

गृहपृष्ठ ओन्टारियोमाथि नेपालको दोस्रो जित

ओन्टारियोमाथि नेपालको दोस्रो जित

ओन्टारियोमाथि नेपालको दोस्रो जित

नेपालले टी२० अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले पराजित गरेको हो ।

२१० रनको लक्ष्य पच्छ्याएकाे ओन्टारियो १९.३ ओभरमा अलआउट हुँदै १५४ रनमा समेटियो । ओन्टारियोका लागि वरूण सहदेवले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यता, कप्तान नरेश बुढाऐरले ३३ बलमा २ चौका र २ छक्कासहित ४१ रन जोडे ।

जेड प्याडमोरले २५ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए । नेपालका लागि सोमपाल कामीले २ विकेट लिए । करण केसी, किशोर महतो र आदिल अन्सारीले १/१ विकेट लिए । त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन बनायो । नेपालका लागि रोहित पौडेल सर्वाधिक ७१ रनमा अविजित रहे । उनले ३१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ५४ रनको साझेदारी गरेका थिए । ओपनर पवन सर्राफ ३४ बलमा ५ चौकासहित ३७ रनमा क्याच आउट भए । देव खनाल १३ बलमा २ चौका र १ छक्कासहित २० रनमा बोल्ड आउट भए । आदिल अन्सारी १० बलमा १० रनमा अविजित रहे । ओन्टारियोका रेमान्ड बाइन, वरुण सहदेव, किनान टिन्टो र हसन मिराजले १-१ विकेट लिए ।

एकदिवसीय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु