global ime bank Long Banner Ad

गृहपृष्ठ कोपेनहेगनकाे सपिङ मलमा गाेलाबारी, ३ जनाकाे मृत्यु

कोपेनहेगनकाे सपिङ मलमा गाेलाबारी, ३ जनाकाे मृत्यु

कोपेनहेगनकाे सपिङ मलमा गाेलाबारी, ३ जनाकाे मृत्यु

डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।

कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले गोलाबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । गोलाबारीपछि घटनास्थलमा भागदौड मच्चिएको थियो । प्रहरी प्रमुख थोमसेनले हमलाको कारण स्पष्ट नभएको बताए । तर यो ‘आतंकवाद’सँग सम्बन्धित घटना रहेको विषयलाई नकार्न नमिल्ने उनले बताए ।

प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताएकी छन् ।

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु