गृहपृष्ठ भिभो बन्यो कतार विश्वकपको आधिकारिक प्रायोजक
भिभो बन्यो कतार विश्वकपको आधिकारिक प्रायोजक
भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ ।
कतार विश्वकप आगामी २१ नोभेम्बरदेखि हुँदैछ । यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्धनहरू सञ्चालन गर्ने जनाएको छ ।
प्रकाशित समय : २२:५४ बजे


















