काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

7.92K
shares

विवेकशील साझा पार्टी परित्याग गरेकी नेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु’, उनले भनेकी छन् ।

रञ्जुले आफ्नो चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सारथी बन्न चाहनेहरूलाई फाराम भरेर सम्पर्कमा आउन पनि आग्रह गरेकी छन् । २०७४ सालमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए ।

त्यसअघि भएकाे स्थानीय चुनावमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेकी थिइन् ।