गृहपृष्ठ दिल्लीमा तीन महिनासम्म नेपाली राजदूतले पाएनन् शिष्टाचार भेट, भारतीय राजदूतले एक सातामै भ्याए

दिल्लीमा तीन महिनासम्म नेपाली राजदूतले पाएनन् शिष्टाचार भेट, भारतीय राजदूतले एक सातामै भ्याए

दिल्लीमा तीन महिनासम्म नेपाली राजदूतले पाएनन् शिष्टाचार भेट, भारतीय राजदूतले एक सातामै भ्याए

भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिल्लीमा जिम्मेवारी सम्हालेको तीन महिना भइसक्दा पनि विदेश मन्त्रालयमा शिष्टाचार भेटको अवसर पाएका छैनन् । चैत ६ मा राष्ट्रपतिबाट सपथ लिएका शर्मा त्यसको एक सातापछि नयाँदिल्ली पुगेका थिए ।

चैत १८ देखि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रहेको भए पनि उनले नयाँदिल्ली पु्गेको झन्डै डेढ महिनापछि वैशाख २८ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए । शर्माले ओहदाको प्रमाणपत्र बुझाउन डेढ महिना कुर्नुपर्दा, भारतीय राजदूतले भने काठमाडौं आइपुगेको छैटौं दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाए ।

राष्ट्रपतिकोबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेका थिए । सरोकारवाला परराष्ट्रमन्त्री वा पदाधिकारलाई भेट्नुअगावै उनले प्रधानमन्त्रीलाई सहजै भेटे । प्रधानमन्त्रीलाई भेटेको भोलिपल्ट परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटे । अहिले प्रत्येक पार्टीका शिर्ष नेताहरुलाई उनले घर-घरमै पुगेर भेटिरहेका छन् ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु